काठमाडौंः राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलब १५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७ दशमलब ४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
यता दाबी भुक्तानी तर्फ समीक्षा अवधिमा संस्थानले ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ भुक्तानी दिएको छ । जीवन बीमा कोषतर्फ ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्याएको कम्पनीको तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies