२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

‘समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प’

Nada
२०८२ फागुन १ गते ०८:३९
Shares
‘समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प’

रुकुम पूर्व : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् ।

ncell

जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए । “यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन्,” उनले भने, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।” उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे ।

“यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उनले भावुक हुँदै भने, “म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु ।जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जा सहित अब अघि बढ्ने छौं ।” संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

उनले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राखे । “यस्तो संकटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उनले भने, “समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।”

उनले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताए ।

uae

सम्बन्धित खबर