२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

लोकतान्त्रिक मूल्यलाई थप सशक्त बनाउने अभियानमा साथ दिन कांग्रेसको आग्रह

shivam cement
२०८२ फागुन १ गते ११:५२
Shares
लोकतान्त्रिक मूल्यलाई थप सशक्त बनाउने अभियानमा साथ दिन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुन:स्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएका हुन् । 

उनले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन सबैलाई आग्रह गरे । 

कांग्रेसले हालको संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा–चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहने सम्पूर्णलाई सहयोगका लागि आह्वान गरेको छ ।

“कांग्रेस सधैँ विचार, विवेक र प्रतिबद्धताको सङ्गम भएको लोकतान्त्रिक मञ्च हो, यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ । पारदर्शिता, जबाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ”, विज्ञप्तिमा भनिएको छ । 

ताजा खबर

सम्बन्धित खबर