२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

‘ओप्पो रेनो १५’ सिरिज नेपालमा

shivam cement
२०८२ फागुन १ गते १३:५०
Shares
‘ओप्पो रेनो १५’ सिरिज नेपालमा

काठमाडौं : ओप्पो नेपालले  रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी सार्वजनिक गरेको छ । 

फ्ल्यागसिप स्तरको उपकरणका रूपमा प्रस्तुत गरिएको यस स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषतालाई समेट्दै उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

ओप्पो रेनो १५ फाइभ जी मा ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित उपलब्ध छ, जसले स्पष्ट, उज्यालो र स्मूथ दृश्य अनुभव प्रदान गर्नेछ ।

स्मार्टफोनलाई क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्मद्वारा सञ्चालन गरिएको छ । ६५०० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभुक द्रुत चार्जिङ प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज हुने सुविधा दिनेछ ।

फोटोग्राफी क्षमतालाई विशेष प्राथमिकता दिँदै यसमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेराको नेतृत्वमा ट्रिपल रियर क्यामेरा प्रणाली समावेश गरिएको छ ।

यसअन्तर्गत ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा रहेका छन् । अगाडीतर्फ ४ के भिडियो रेकर्डिङ समर्थन गर्ने ५० मेगापिक्सेल अल्ट्रा–वाइड फ्रन्ट क्यामेराले सेल्फी र भिडियो सामग्री सिर्जनालाई थप प्रभावकारी बनाउँ कम्पनीले जनाएको छ ।

डिस्प्लेले १.०७ अर्ब रङ समर्थन गर्ने, १२०० निट्ससम्मको उच्च चमक प्रदान गर्ने तथा गोरिल्ला ग्लास सेभेन आइ सुरक्षा सहित आउने भएकाले दृश्य स्पष्टता र मजबुती दुवै सुनिश्चित गर्दछ । कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा समावेश गरिएको छ । 

नेपाली बजारमा रेनो १५ सिरिजको मूल्य निम्नानुसार छ :

ओप्पो रेनो १५ (१२ जीबी+५१२ जीबी): रु. ८९,९९९/-

ओप्पो रेनो १५एफ (१२ जीबी+५१२ जीबी): रु. ६९,९९९/-

ताजा खबर

सम्बन्धित खबर