
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बाँफिकोट गाउँपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो । प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री महेन्द्र केसीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गरे ।
भलिबल र एथिलेक्टिसका सबै विधाका खेल खेलाइने आयोजकले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड ३ दिनसम्म चल्ने आयोजक शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी रेग्मीले बताए । प्रतियोगितामा १० वटा विद्यालयले भाग लिएका छन् ।
उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरको अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीलगायतको सहभागिता रहेको थियोे ।