सांघाईमा कोरोनाभाइरसको तेश्रो लहरको लकडाउनले चीनको विमानवाहक भेसल निर्माणको योजनाहरुलाई सुस्त बनाएको छ र देशको तेस्रो विमान वाहकको योजनालाई असर गर्न सक्छ, स्रोतहरूले बताएका छन् ।
पिपुल्स लिबरेशन आर्मी नेवीले अप्रिल २३ मा नौसेनाको ७३ औं वार्षिकोत्सवको वरिपरि नयाँ क्यारियर प्रक्षेपण गर्ने अपेक्षा गरिएको थियो।
तर योजना ढिलाइ हुने भएको हो किनकि सांघाईमा व्यापक महामारीले केही प्रमुख कम्पोनेन्टहरूमा ढिलाइ भएको छ, एक स्रोतले आफ्नो परिचय गोप्य राख्ने शर्तमा बताएको खबर छ ।
साघांईको चालु लकडाउन र महामारी प्रकोपका कारण जहाज निर्माणकर्ताका कर्मचारीहरू पनि कोरोनाभाइरससँग लड्न पुनस् परिचालन गरिएको खबर छ ।
यद्धपी चीन सरकारले भने साँघाईको मानविय क्राइसिसलाई विश्वसामु सकेसम्म लुकाउन खोजेको आरोप छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies