लक्ष्मण यादव / मध्यान्ह
सर्लाही, ३१ बैशाख । मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् । ४५ वर्षीय यादव ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।
मेयरतर्फ भने हालसम्म कांग्रेसका नागेन्द्र प्रसाद रायले ४५५, जसपाका निरसल साहले ३६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४१८, जसपाकी पानाेदेवीले ३७३ र लाेसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies