२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्छौं : कुलमान घिसिङ

shivam cement
२०८२ फागुन २ गते १६:४४
Shares
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्छौं : कुलमान घिसिङ

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशबाट लोडसेडिङ आफूले हटाएको भन्दै राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आफू आएको बताएका छन् ।

काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यका साथ आफू अघि बढेको बताए ।

प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकारेर सरकारमा गएको उनले बताए । आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा नगएको बताएका छन् ।

‘संकटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिए, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ । मैले चुनाव गर्न बनेको सरकार आउँदिन पनि भनेको थिएँ,’ उनले भने, ‘तर प्रधानमन्त्रीले चुनावको बेलामा जानुस् भन्नुभएको थियो । अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन्, छोटो समयमा देशलाई डेलिभरी दिएर सरकारबाट बाहिर आएको हुँ ।’
 

ताजा खबर

सम्बन्धित खबर