२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

राप्रपाको चुनावी नारा : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

shivam cement
२०८२ फागुन २ गते १७:०४
Shares
राप्रपाको चुनावी नारा : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् । घोषणापत्रमा भ्रष्टाचार सम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागु गरिने उल्लेख छ।

नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्ट्राचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने उल्लेख छ।

राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ । राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको छ ।राप्रपाले शासकीय स्वरूप पनि घोषणापत्रमा राखेको छ । जहाँ अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने राप्रपाको घोषणा छ ।प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना’ पनि उसले घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, गैरदलीय स्थानीय तहको अवधारणा पनि राप्रपाले घोषणापत्रमा राखेको छ । जलस्रोत, पर्यटन, कृषि, सूचना, प्रविधि, सुशासन लगायतका विषयलाई पार्टीले आफ्नो घोषणापत्रमा समेटेको छ ।

ताजा खबर

सम्बन्धित खबर