२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनावी प्रचारको औपचारिक कार्यक्रम देशभर बनाउने कांग्रेसको तयारी 

shivam cement
२०८२ फागुन २ गते १८:११
Shares
चुनावी प्रचारको औपचारिक कार्यक्रम देशभर बनाउने कांग्रेसको तयारी 

काठमाडौं  : नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक चुनावी कार्यक्रमलाई फागुन ४ गतेदेखि देशभर बनाउने भएको छ ।

नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार समितिले शनिबार पत्रकार सम्मेलन मार्फत चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रमबारे जानकारी दिएको हो ।

‘फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा हुँदैैछ’, कांग्रेसका प्रवक्ता एवं प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले भने,‘ चुनावी अभियानमा नेपाली जनताको समृद्धि, समावेशिता र राष्ट्रहितप्रतिको अखण्ड प्रतिवद्धता प्रखर ढंगले प्रवाहित हुने छ ।’

कांग्रेसले हरेक निर्वाचनलाई आमजनतामा आफ्नो एजेण्डा लिएर जाने, व्यापक विमर्श गर्ने चालिसेले बताए । जनताको भावनाबाट परीक्षित हुने र सदभावपूर्ण वातावरण बनाई लोकतान्त्रिक पर्यावरण उत्थान गर्ने अवसरका रुपमा उपयोग गर्ने उनको भनाई छ ।

नेपाली कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सुसँस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्ने कांग्रेसको दाबी छ । ‘चरम प्रियतावादबाट वशिभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किन्चित कल्पित र सम्भव छैन’, प्रवक्ता चालिसेले भननेका छन्,‘कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सुसँस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्छ ।’

त्यस्तै कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचारसहिंताप्रति कांग्रेसले उच्च सम्मानका साथ कही पनि उललंघन नगर्ने दाबी  गरेको छ । तर निर्वाचन आचारसंहिता कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरुबाट भइरहेका खुला उल्लघंनका घटनालाई समेत आफुहरूले सप्रमाण निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनने गरेको चालिसेले बताए । यसबारे पार्टीले आन्तरिक रुपमा समेत अध्ययन विश्लेषण गरिरहेका उनको भनाई छ ।    
 
 

ताजा खबर

सम्बन्धित खबर