
काठमाडौं : स्वास्थ्य संस्था सञ्चालक संघ (होडान)ले शनिबार राजधानीको चोभारमा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । वनभोज कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिको शपथ गराउनुका साथै पद हस्तान्तरण गरिएको छ ।
संघको केही दिनअघि सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले मदनकुमार पुर्वेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । संघको उपाध्यक्षमा रामहरि थापा, महासचिवमम रघुनाथ पनेरू र कोषाध्यक्षमा पूजा चौधरी निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय र राजेन्द्र चौधरी निर्वाचित भएको संघले जनाएको छ । सल्लाहकार तथा निर्वाचन समिति संयोजक शमशेर नेपालीले कार्यसमिति अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
