२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

shivam cement
२०८२ फागुन ३ गते १२:२९
Shares
सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर