२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मतदाता भेट्न ओली आज झापा जाँदै, विमानस्थलको सुरक्षा व्यवस्था कडा

shivam cement
२०८२ फागुन ३ गते १३:१९
Shares
मतदाता भेट्न ओली आज झापा जाँदै, विमानस्थलको सुरक्षा व्यवस्था कडा

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा जादैँ छन् । उनी झापा जाने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

ओली आज काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ । आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन् । त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाले जनाएको छ ।

दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ ।

ओली यसअघि माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ फर्केका थिए ।

ताजा खबर

सम्बन्धित खबर