२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

पशुपति क्षेत्रबाट १३८ जना पक्राउ

shivam cement
२०८२ फागुन ३ गते १५:१८
Shares
पशुपति क्षेत्रबाट १३८ जना पक्राउ

काठमाडौँ : पशुपति क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ ।

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने गरी १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

शिवरात्रिको अवसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ । आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो छ ।

ताजा खबर

सम्बन्धित खबर