२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

shivam cement
२०८२ फागुन ३ गते १७:१०
Shares
काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं : यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ । 

उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ । स्वयंसेवकहरू  प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन् ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर