२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रुपन्देही-३ मा जसपा उम्मेदवार नै एमाले प्रवेश

shivam cement
२०८२ फागुन ४ गते १२:३६
Shares
रुपन्देही-३ मा जसपा उम्मेदवार नै एमाले प्रवेश

रुपन्देही : रुपन्देही क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनिवास यादव आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले प्रवेश गरेका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यदेखि सबै जिम्मेवारी त्यागेको र एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत थिए ।

जसपाबाट उम्मेदवारी दर्ता गरेर मतदाताको घरदैलो कार्यक्रमसमेत सम्पन्न गरिसकेको अवस्थामा उनले दल बदलेका हुन् । उम्मेदवारी फिर्ता भनिए पनि निर्वाचन आयोगबाट फिर्ता हुने स्थिति भने छैन । अहिलेको विषम राष्ट्रिय परिस्थितिमा देशको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुख्य शक्ति बन्न सक्ने विश्वासका आधारमा आफूले एमाले रोजेको यादवले बताएका छन् ।

‘आजको मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी फिर्ता लिई नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

यादवले आफूलाई विश्वास गरी साथ दिएका मतदातालाई अब एमालेको चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् । रुपन्देही–३ मा एमालेका तर्फबाट बासुदेव घिमिरे उम्मेदवार छन् । एमाले प्रवेश गरेका यादवलाई रुपन्देही पार्टी अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भूमिश्वर ढकाल, गोमादेवी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले र अनुप बराललगायतले स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर