
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ८.१६ अंकले घटेर २ हजार ६६२ को बिन्दुमा कायम भएको छ ।
आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा वित्त समूह ०.५६, होटल तथा पर्यटन ०.४३ र उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंक समूह शून्य ०.०५, विकास बैंक ०.४६, जलविद्युत् १.०२, लगानी ०.६०, जीवन बीमा ०.४५, लघुवित्त ०.२३, म्युचुअल फन्ड ०.२३, म्युचुअल फन्ड ०.२१, निर्जीवन बीमा ०.४६, व्यापार ०.६८ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको ६५ करोड तीन लाख २२ हजार १६३ बराबरका २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ ।