२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

अरुणिमाको अभिभावक दिवस : प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिन सुझाव

shivam cement
२०८२ फागुन ४ गते २०:५८
Shares
अरुणिमाको अभिभावक दिवस : प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिन सुझाव

काठमाडौं : अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालय ले अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बौद्ध महाकांलस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सृजनात्मक प्रस्तुति दिएका थिए ।

नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले लोक तथा आधुनिक नृत्य, गायन, अर्केस्ट्रा, योग, तेक्वान्दो र चेतनामूलक नाटक प्रस्तुत गरी अभिभावक तथा अतिथिहरूको मन जितेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार त्रिलोचन आचार्यले वर्तमान शिक्षा प्रणालीले परोपकारी, आशावादी र विभेदरहित समाज निर्माण गर्ने जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । 

विद्यालयकी प्राचार्य शोभा खनालले स्वागत मन्तव्यका क्रममा विद्यालयको शैक्षिक उपलब्धि, प्रशासनिक व्यवस्थापन, अतिरिक्त क्रियाकलाप तथा प्रदान गरिँदै आएका सुविधाहरू र आगामी योजनाबारे जानकारी गराइन् । 

अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले प्रतिष्ठान विशुद्ध शैक्षिक गुठीका रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.बाबुराम ढुंगानाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावक, विद्यार्थी र विद्यालयबीच त्रिकोणात्मक समन्वय अपरिहार्य रहेको उल्लेख गरे । 

अभिभावक–शिक्षक संघका अध्यक्ष चेतबहादुर बस्नेतले समयसापेक्ष प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिन सुझाव दिए । 

कार्यक्रमका अवसरमा क्रिकेटमा विशेष रुचि र क्षमता देखाएका विद्यार्थी रायन खनाल र आयुभ भट्टराईलाई ‘आमोद स्मृति क्रिकेट पुरस्कार कोष’मार्फत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त पुरस्कार गोपाल प्रसाद बराल र महेश पराजुलीले संयुक्त रूपमा स्थापना गरेका हुन् । 

कार्यक्रममा पूर्व प्रशासक तथा प्रतिष्ठानका सल्लाहकार जनकराज ढुंगाना, पूर्व शिक्षा सहसचिव विश्वनाथ अर्याल, प्रा.डा. रामचन्द्र भट्टराई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर