२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड

shivam cement
२०८२ फागुन ५ गते ११:२८
Shares
चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड

काठमाडौंः आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरीको परिचालन तीब्र पारिएको छ ।

अहिले राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएको देख्न सकिन्छ । नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सीमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण, र निर्वाचन आचारसंहिता पालनाका विषयमा सुक्ष्म प्रशिक्षण दिइरहेको छ । 

प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यो परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ । म्यादी प्रहरीहरूलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पुर्‍याउने मुख्य जिम्मेवारी दिइएको छ ।  

ताजा खबर

सम्बन्धित खबर