२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

प्रतिनिधि सभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

shivam cement
२०८२ फागुन ५ गते १४:०७
Shares
प्रतिनिधि सभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा जनमत अभिव्यक्त गर्ने प्रमुख माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै निर्धारित मितिमा हुने मतदानलाई सफल बनाउन नागरिक तथा सम्बन्धित निकाय एकजुट हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले सुशासन स्थापना भएमा मात्र समृद्धि सम्भव हुने र आर्थिक तथा सामाजिक प्रगतिको आधारमा मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने धारणा व्यक्त गरेका छन् । उनले यही लक्ष्य हासिल गर्न लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तय गरिएको छ । उक्त निर्वाचनलाई व्यवस्थित र सफल बनाउन सबै पक्षको समन्वय र प्रतिबद्धता आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
 

ताजा खबर

सम्बन्धित खबर