२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी

shivam cement
२०८२ फागुन ६ गते १०:५१
Shares
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।

हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छन् ।

‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु ।’ उनले भनेकी छिन् ।

त्यसकारण आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गरेको बताएकी छन् ।

ताजा खबर

सम्बन्धित खबर