२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८२ फागुन ६ गते १२:१५
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको छ ।

हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । 

साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

uae

सम्बन्धित खबर