२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मेची भन्सारद्वारा सात महिनामा ९ अर्ब ९२ करोड राजस्व संकलन

shivam cement
२०८२ फागुन ७ गते ११:३३
Shares
मेची भन्सारद्वारा सात महिनामा ९ अर्ब ९२ करोड राजस्व संकलन

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । 

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ । 

सम्बन्धित खबर