२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो : ओली

shivam cement
२०८२ फागुन ७ गते १४:२१
Shares
भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनाबद्ध आक्रमण भएको बताएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको उल्लेख गरे ।

उनले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाए । राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै ओलीले ठुला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पारे । उनले संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको दाबी गरे । 

अध्यक्ष ओलीले एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड रहेको दाबी गर्दै ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा रहेको जिकिर गरे ।

ताजा खबर

सम्बन्धित खबर