२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एमालेको पहिलो प्राथमिकता देश, विचारहीन र दिशाहीन स्टन्टबाट टाढा : ओली 

shivam cement
२०८२ फागुन ७ गते १४:२४
Shares
एमालेको पहिलो प्राथमिकता देश, विचारहीन र दिशाहीन स्टन्टबाट टाढा : ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् ।

भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको भनाइ छ ।

‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,’ ओलीले भनेका छन् ।

आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको उनले बताए । ‘हामी निर्माणको पक्षमा छौँ । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौँ । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौँ,’ ओलीले सम्बोधनको क्रममा भने ।

उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरे । ‘हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौँ । त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौँ । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,’ ओलीले भनेका छन् ।

ताजा खबर

सम्बन्धित खबर