२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता

shivam cement
२०८२ फागुन ८ गते १६:३६
Shares
बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता

काठमाडौं : निर्वाचन आयोगले बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न प्रतिनिधिसभाका उम्मेदवारलाई ताकेता गरेको छ । 

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अव यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । उनले उम्मेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताइन् । 

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर