२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

shivam cement
कृष्ण तिवारी
२०८२ फागुन ९ गते १३:२८
Shares
गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

रौतहटः जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु जारी भएको जनाएको हो ।

ती स्थानमा कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो। कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । 

केही दिनअघि विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच उत्पन्न भएको सामान्य विवादले उग्र रूप लिँदा सबगढा क्षेत्र अशान्त बनेको थियो। सोही विवादलाई सुल्झाउन शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्ने र आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने लगायतका ६ बुँदे सहमति गरेको थियो। ​शनिबार पुनः दुई समुदाय एकअर्कामाथि जाइलागेपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको हो ।

सम्बन्धित खबर