
काठमाडौंः नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न तिर लागेको आरोप लगाएको हो ।
एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन विथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाए । उनले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताए । उनले शान्ति–सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको आरोप लगाए।
शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तीब्र बनेका छन् । उनले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताए ।
शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उनले सरकारसँग माग गरे । उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाए ।