२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मगर समुदायका नवप्रवेशी राष्ट्रसेवकलाई सम्मान

shivam cement
२०८२ फागुन ९ गते २०:०१
Shares
मगर समुदायका नवप्रवेशी राष्ट्रसेवकलाई सम्मान

ललितपुर : मगर समुदायबाट राष्ट्रसेवक कर्मचारी सेवामा प्रवेश गरेका नवप्रवेशी कर्मचारीहरूको सम्मान तथा अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जमा सम्पन्न भएको छ। कार्यक्रम मगर राष्ट्रसेवक कर्मचारी समाज नेपालले आयोजना गरेको हो ।

समाजका पदाधिकारी, अग्रज राष्ट्रसेवक तथा समुदायका अभिभावकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा विभिन्न तहमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका मगर समुदायका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहसचिव विजय राना मगर, शाखा अधिकृत पवित्रा राना, शाखा अधिकृत थमि थापा मगरसहित कृष्ण ब. थापा मगर, हिमाल थापा मगर, राम ब. थापा मगर, सागर राना मगर, निर्वाण रैका मगर, विकास मगर, प्रमिसा राना मगर, कृष्ण ब. पुन, जुनकुमारी बुढा मगर, आत्मराम पुन मगर, अमृत थापा मगर, टोप ब. दर्लामी, मिलन सारू मगर, कुमार राना, हिमाल घर्तिमगर, सपना सूर्यवंशी मगर, सोनु थापा मगर, केशव थापा मगर, सुशील पुन मगर, सलोचना थापा मगर, वरिष्ठ मुद्रण सहायक बब्ली निता मगर, मुद्रण अधिकृत लेकिन बलम्पाकि मगर, सब–इन्जिनियर प्रशन्ना तारमी मगर तथा वरिष्ठ समाजसेवी दिल ब. थापा मगरलाई सम्मान गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय जनजाति समुदाय, विशेषगरी मगर समुदायका युवाहरू लोकसेवा तथा राष्ट्रसेवक क्षेत्रमा उल्लेख्य रूपमा अघि बढ्दै गएको बताएका थिए । समुदायका अभिभावक र अग्रज राष्ट्रसेवकबाट हुने सम्मान र हौसला प्रदानले नयाँ पुस्ताको मनोबल अझ बलियो बनाउने उनीहरूको धारणा थियो ।

उनीहरूले यस्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमले लोकसेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गर्ने प्रेरणा बढाउने र मगर समुदायका भाइबहिनीहरूलाई राष्ट्रसेवक बन्न थप उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षित युवा पुस्तालाई प्रतिस्पर्धी परीक्षातर्फ केन्द्रित गराउन समुदायस्तरबाट थप पहल आवश्यक रहेको बताएका थिए।

सम्बन्धित खबर