२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र

shivam cement
२०८२ फागुन १० गते १२:३५
Shares
ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले ग्रिनल्याण्डमा स्वास्थ्य सेवा सुदृढीकरणका उद्देश्यले एक विशाल अस्पताल जहाज परिचालन गरिएको जनाएको छ । डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त जानकारी सार्वजनिक गर्दै ग्रिनल्याण्डका केही बासिन्दा स्वास्थ्य समस्याबाट प्रभावित भएको र आवश्यक उपचारमा पहुँच सीमित रहेको उल्लेख गरेका छन् ।

अमेरिकी पक्षले यसलाई मानवीय सहयोगको पहलका रूपमा व्याख्या गरे पनि यो निर्णयले ग्रिनल्याण्डको प्रशासनिक जिम्मेवारी सम्हालिरहेको डेनमार्कसँगको कूटनीतिक सम्बन्धमा थप चासो र बहस उत्पन्न गरेको छ । जहाज परिचालनसम्बन्धी निर्णय लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि तोकिएका अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको सँगको समन्वयमा अघि बढाइएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०२५ को अन्त्यतिरदेखि ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने अभिप्राय सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् । यस सन्दर्भमा उनले आवश्यक परे डेनमार्कमाथि उच्च भन्सार शुल्क लगाउने चेतावनीसमेत दिएका थिए । तर डेनमार्क र ग्रिनल्याण्डका आधिकारिक निकायहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पार्दै आएका छन् ।

सम्बन्धित खबर