२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै

shivam cement
२०८२ फागुन १० गते १३:५४
Shares
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत ८७ दिने अवधिका लागि सो रकम खिच्न लागिएको हो ।

बोलकबोल माध्यमबाट ब्याजदर तय हुनेछ । यो रकमको परिपक्व अवधि आगामी जेठ ६ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र बढीमा सबै रकमसम्मको लागि प्रस्ताव गर्न सक्नेछन् ।

न्यून कर्जा प्रवाहका कारण बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलनलाई समेत प्राथमिकता दिएको छ ।

सम्बन्धित खबर