२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाइकल र्‍याली

shivam cement
२०८२ फागुन १० गते १५:२१
Shares
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाइकल र्‍याली

काठमाडौं : दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ । 

आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्‍याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । 

प्रसाईंलाई  यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित र्‍यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए । माइतीघर मण्डलाबाट शुरु भएको सो र्‍याली भद्रकालीमा पुगेर समापन भएको थियो ।

सम्बन्धित खबर