२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वैशाखयता विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता 

shivam cement
२०८२ फागुन १० गते १५:५२
Shares
वैशाखयता विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता 

काठमाडौँ : वैशाख १ देखि फागुन १० सम्म देशभर विभिन्न विपद्का ६ हजार ४८४ घटनामा ४५३ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । उक्त अवधिमा १ हजार ७४० जना घाइते भएका छन् भने १२ हजार १०९ परिवार प्रभावित भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी घटना आगलागीका ९३ हजार १०१० भएका छन् । आगलागीबाट ९४ जनाको मृत्यु, ४९९ जना घाइते तथा ३ हजार ४८१ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, ५८५ पहिरोको घटना भएकामा ७२ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ५ जनाको अवस्था अझै अज्ञात छ भने ८१ जना घाइते भएका छन् । १ हजार ५५० परिवार पहिरोबाट प्रभावित छन् । 

सर्पदंशका ५८४ घटना भएकामा ९७ जनाको जनाको मृत्यु भएको छ । सर्पदंशबाट देशभर प्रभावित हुने परिवारको संख्या ५९० छ । 

जनावरको आक्रमणबाट भने ५१ जनाको मृत्यु भएको छ । यो अवधिमा जनावरको आक्रमणका ४६७ घटना भएका थिए ।  एक जना बेपत्ता र २१८ जना घाइते भएका छन् । भारी वर्षाका ४२७ घटना भएकामा ७ जनाले ज्यान गुमाए । २० जना घाइते र १ हजार १३ परिवार प्रभावित बनेका छन् ।

सम्बन्धित खबर