२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

Nada
२०८२ फागुन १० गते १७:३४
Shares
कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं : नेकपा एमाले परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता वामदेव गौतमलगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

ncell

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।

पार्टी प्रवेश गरेका पूर्वमेयर रमेश मर्हजन र पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पूर्वमेयर मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।

uae

सम्बन्धित खबर