२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वैभव उद्यमी सम्मानबाट भकारी विजनेस हाउस र पोलिटेक रिसाइकल सम्मानित

shivam cement
२०८२ फागुन १० गते २०:३३
Shares
वैभव उद्यमी सम्मानबाट भकारी विजनेस हाउस र पोलिटेक रिसाइकल सम्मानित

काठमाडौं : उद्यमशीलता प्रवर्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको वैभव उद्यमी सम्मानबाट भकारी विजनेस हाउस र पोलिटेक रिसाइकल सम्मानित भएका छन् । वैभव उद्यमी सम्मान अन्तर्गत राजिङ इन्टरप्रेनर विधामा भकारी विजनेस हाउस र उदीयमान सफल उद्यमी विधामा पोलिटेक रिसाइकल सम्मानित भएको हो । 

भकारी विजनेस हाउसले नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको छ । जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुर्नचक्रण सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार गुप्ताले देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे । उनले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा बिना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको बताए ।

सम्बन्धित खबर