
काठमाडौं : अन्तर्राष्ट्रिय बालक्यान्सर दिवसको अवसरमा देशभर क्यान्सरको प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ ।
गत माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विभिन्न कार्यक्रमहरूले सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार तथा अभिभावको सहगाति रहेको थियो । बालक्यान्सर समयमै पहिचान गरी उचित उपचार भएमा निको हुन सक्छ भन्ने सन्देश प्रवाह गरिएको थियो ।
साताव्यापी अभियानको सुरुवात भक्तपुर क्यान्सर अस्पतालबाट भएको थियो ।बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली, तथा बालक्यान्सर सेवामा पहुँच विस्तारको आवश्यकता माथि जोड दिए ।
भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा र कान्तिबाल अस्पतालमा समेत क्यान्सरसम्बधी कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
भावनात्मक सन्तुलन र मानसिक सुदृढता उपचार प्रक्रियामाअत्यन्त महत्वपूर्ण हुने तथ्यलाई आत्मसातगर्दै वल्र्ड चाइल्ड क्यान्सर ( र रमेश गुप्ता मेमोरियल ट्रस्टले सबै कार्यक्रम स्थलहरूमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गरेको थियो ।