२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

गृहमन्त्री अर्यालद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

shivam cement
२०८२ फागुन ११ गते १८:२३
Shares
गृहमन्त्री अर्यालद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौंः गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर  घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिएका हुन् ।

त्यस अवसरमा मन्त्री अर्यालले  घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले कुनै सन्देह नलिन सुझाव दिए । उनले दुवै अस्पतालका चिकित्सकलाई घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस गएराति १ः३० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनामा बसमा सवार ४४ यात्रुमध्ये  १९ जनाको मृत्यु र  २५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरसहित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि मन्त्री अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा आजै बसेको बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिने तथा घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित खबर