२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना 

shivam cement
२०८२ फागुन १२ गते ०८:४२
Shares
देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना 

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर