२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

shivam cement
२०८२ फागुन १२ गते १४:४३
Shares
कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौंः कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । 

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो । 

मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गरेका हुन् । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ । रासस 
 

सम्बन्धित खबर