२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कुनैपनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्नु हुन्नः एमाले

shivam cement
२०८२ फागुन १२ गते १४:५७
Shares
कुनैपनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्नु हुन्नः एमाले

काठमाडौंः नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । 

मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति पार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।

उनले निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको पनि बताए । एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ ।

एमालेले आसन्न निर्वाचनमा पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दावी पनि गर्दै आएको छ । प्रचार विभागका संयोजक शाहीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने जिकिर गरे । 
 

सम्बन्धित खबर