२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

नेप्से परिसूचकमा २१ अंकले सुधार, कारोबार रकम ४ अर्ब नाघ्यो

Nada
२०८२ फागुन १२ गते १५:२७
Shares
नेप्से परिसूचकमा २१ अंकले सुधार, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६२ अंकले बढेर २ हजार ६३८.६० को बिन्दुमा कायम भएको छ।

ncell

आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.३०, विकास बैंक १.११, वित्त ०.६४, होटल तथा पर्यटन २.०२, जलविद्युत् १.२७, र लगानी समूह ०.६१ प्रतिशतले बढेका छन्। जीवन बीमा समूह ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.५२, व्यापार १.४९, र अन्य समूह ०.३३ प्रतिशतले बढेका छन्।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबिआई बैंक लिमिटेडको शेयर मूल्य ३.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रु ३७ करोड ७२ लाख ९१ हजार ३२० बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका छ लाख ९७ हजार १४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

uae

सम्बन्धित खबर