
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६२ अंकले बढेर २ हजार ६३८.६० को बिन्दुमा कायम भएको छ।
आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.३०, विकास बैंक १.११, वित्त ०.६४, होटल तथा पर्यटन २.०२, जलविद्युत् १.२७, र लगानी समूह ०.६१ प्रतिशतले बढेका छन्। जीवन बीमा समूह ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.५२, व्यापार १.४९, र अन्य समूह ०.३३ प्रतिशतले बढेका छन्।
सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबिआई बैंक लिमिटेडको शेयर मूल्य ३.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रु ३७ करोड ७२ लाख ९१ हजार ३२० बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका छ लाख ९७ हजार १४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।