२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सामसङले गर्‍यो आगामी स्मार्टफोन लन्चका लागि विशेष

shivam cement
२०८२ फागुन १२ गते २०:३९
Shares
सामसङले गर्‍यो आगामी स्मार्टफोन लन्चका लागि विशेष

काठमाडौं : सामसङले नेपाली बजारमा आफ्नो आगामी नयाँ ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्नुअघि नै ग्राहकहरूका लागि विशेष ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफरको घोषणा गरेको छ । आफ्ना ग्राहक र नयाँ प्रविधिप्रति इच्छुक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै सामसङले विभिन्न आकर्षक उपहार सहित सो अफर ल्याएको हो ।

यस योजनाअन्तर्गत नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्ने ग्राहकहरूले अधिकतम २१ हजार रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । जसमा १५ हजार रुपैयाँ बराबरको १ टिबीसम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ मूल्यको ६० वाटको फास्ट चार्जर निःशुल्क उपलब्ध गराइनेछ । सो अफर आगामी फेब्रुअरी २३ देखि २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सो अफरमा पुरानो स्मार्टफोन साट्न पाइने र अफरमा सहभागी हुन चाहने ग्राहकले सामसङको आधिकारिक अभियान वेबसाइटमा गई आफ्नो विवरणहरू दर्ता गर्नुपर्ने जनाइएको छ । साथै, नयाँ स्मार्टफोन खरिदलाई थप सहज बनाउन सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा ‘सामसङ इन्स्टाफाइनान्स’ सुविधा पनि उपलब्ध गराएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर