२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एसियन लाइफ इन्स्योरेन्सको लाभांश पारित

shivam cement
२०८२ फागुन १२ गते २०:४२
Shares
एसियन लाइफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं : एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीको सोमबार सम्पन्न भएको १८औं वार्षिक साधारण सभाले १० दशमलब ५२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पुँजीको कुल १० दशमलब ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८१/०८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सो अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरेको छ ।

साथै, साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । 

सम्बन्धित खबर