२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पद्म ज्योति ग्रुप र ‘रिच्स’बीच सहकार्य विस्तार

shivam cement
२०८२ फागुन १२ गते २०:४६
Shares
पद्म ज्योति ग्रुप र ‘रिच्स’बीच सहकार्य विस्तार

काठमाडौं : नेपालमा पाककला (कुलिनरी) अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको सहकार्यलाई थप सुदृढ बनाइएको छ ।  नेपालमा फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकासमा योगदान पुर्‍याउने दुवै कम्पनीले प्रतिबद्धता जनाएका छन् ।

‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा उपस्थिति जनाउँदै आएको भए पनि, नयाँ सम्झौताले ग्राहकसँगको सम्बन्ध गहिरो बनाउने, सेफहरूको क्षमता अभिवृद्धि गर्ने तथा विश्वव्यापी पाककला ट्रेन्डहरू नेपालमा भित्र्याउने रणनीतिक भूमिका खेल्नेछ । रिच्स इन्डिया, मध्यपूर्व र टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले भने, ‘पद्म ज्योति ग्रुपसँगको सहकार्य इनोभेसन, विशेषज्ञता र बलियो स्थानीय साझेदारीमार्फत पाककलाको स्तरलाई उचाइमा पुर्‍याउने साझा दृष्टिकोणमा आधारित छ । यसले नेपालका सेफ, बेकर र फुडसर्भिस प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव र नवीनतम खाद्य समाधान प्रदान गर्नेछ ।’

अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा कम्पनीले नेपाली बजारको बदलिँदो जीवनशैली र स्वादलाई सम्बोधन गर्दै उच्च गुणस्तरका उत्पादनहरू भित्र्याउँदै आएको छ ।  

सन् १९४५ मा स्थापना भएको ‘रिच्स’ एक पारिवारिक खाद्य कम्पनी हो जसले विश्वभर ८० वर्षभन्दा लामो विरासत बोकेको छ । भारतमा मात्र ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको यस कम्पनीलाई नन–डेयरी ह्विप्ड टपिङ उत्पादनमा विश्वमै अग्रणी मानिन्छ ।  पद्म ज्योति ग्रुपसँगको सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन । यसले सेफहरूसँग प्रत्यक्ष समन्वय, प्राविधिक तालिम, र ज्ञान आदानप्रदानमा गर्दै आएको छ । 
 

सम्बन्धित खबर