२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत

मध्यान्ह
२०८१ साउन १७ गते १६:३०
गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत

काठमाडौँ : नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । 

होटल बसेरामा आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता  मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई  स्थायी कमिटी सदस्य नियुक्त गरेको हो ।
 

ADV

सम्बन्धित खबर