२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कानुन निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ

shivam cement
२०८२ फागुन १३ गते ११:१८
Shares
कानुन निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ

काठमाडौंः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा प्रष्टयाका हुन् । 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानुन निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानुन कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराए । उनले अन्धविश्वासको भरमा कानुन निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए । 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानुन निर्माण गर्नुपर्नेमा जोड समेत दिए । श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने बताए ।
 

सम्बन्धित खबर