काठमाडौं : अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरी घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठ छन् ।
सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट सञ्चालन भएको त्यहाँबाट आफूले लटरीमार्फत पठाएको ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त रकम पाउनका लागि विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरूलाई विश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम शुल्क तिनुपर्ने भन्दै रकम माग्ने गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies