२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अंकको वृद्धि

Nada
२०८२ फागुन १३ गते १६:१८
Shares
सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ ।

ncell

आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ । कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।

बैंकिङ समूह शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ४७, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव ३०, जीवन बिमा एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ३५ अंकले बढेको छ ।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
 

uae

सम्बन्धित खबर