
रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिका अन्तर्गतको प्रमुख व्यापारिक केन्द्र छिनखेत बजारमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पश्चिमको आयोजनामा अनुगमन गरिएको कार्यालय प्रमुख प्रेमप्रकाश केसीले जानकारी दिए ।
अनुगमनका क्रममा छिनखेतका करिब ३५ वटा पसलको स्थलगत निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा म्याद नाघेका तथा आवश्यक कागजात नभएका करिब सात बोरा बराबरका सामग्री जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।
अनुगमन टोलीले व्यवसायीहरूलाई पसलमा सामग्रीको स्पष्ट सूची राख्न, समयमै कर तिर्न, व्यवसाय दर्ता नवीकरण गर्न तथा उपभोक्ता हितअनुसार कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओली, कार्यालय प्रमुख प्रेमप्रकाश केसी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सहसचिव प्रचण्ड खत्रीलगायतको सहभागिता रहेको थियो ।