२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

एमाले सचिवालय बैठक : १७ केन्द्रीय सदस्य मनोनीत, प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

shivam cement
२०८१ साउन १७ गते १७:०२
Shares
एमाले सचिवालय बैठक : १७ केन्द्रीय सदस्य मनोनीत, प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सदस्यमा १७ जना थप गरेको छ । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा १७ जना मनोनीत गरको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् ।

त्यसैगरी निर्वाचन आयोगमा सिन्धुपाल्चोकका अमनसिंह तामाङ, कपिलबस्तुका झवी पोखरेल, गुल्मीकी नर्मदा भण्डारी, काठमाडौंकी रत्ना गुरुङ र कैलालीकी कमला केसीलाई मनोनीत गरेको छ । साथै मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् । 

यस्तै, सल्लाहकार परिषद सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी),एकवाल मियाँ (कपिलबस्तु), डा. गोपाल खनाल (नवलपुर) र खालित हुँसेन हक (सुनसरी) मनोनीत भएका छन् ।

एमालेमा प्रदेश इन्चार्जहरू पनि फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकेको छ । 

ताजा खबर

सम्बन्धित खबर