२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कांग्रेसले काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको भिजन सार्वजनिक गर्दै

shivam cement
२०८२ फागुन १४ गते ११:२५
Shares
कांग्रेसले काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको भिजन सार्वजनिक गर्दै

काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाअर्तगत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका उम्मेदवारहरूका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक गर्दैछ ।

दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

काठमाडौँ –५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए ।

महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरूमा उम्मेदवारहरुबीच परामर्शपश्चात् खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए । कार्यक्रममा तीनवटै जिल्लाका नेपाली काँग्रेस उम्मेदवारहरू उपस्थित हुने उनले बताए ।

सम्बन्धित खबर